प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न पुगे शीतल निवास

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न पुगे शीतल निवास

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पार्टीभित्र किचलो चरम उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री र राष्ट्रपतिबिच लगातार भईरहेको छलफललाई निकै चासोका साथ हेरिएको छ ।

हिजो बेलुकी पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका थिए ।

आजै दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्दैछ भने २ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

यसअघि दुबै बैठक १ बजेका लागि डाकिएपनि प्रचण्ड समुहको चर्को दबाबपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को बैठक एक घण्टा पछि सारेका छन् ।

पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तोकिएकै समय दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक गर्ने बताएपछि ओलीले मन्त्रिपरिषद बैठक दिउँसो २ बजेका लागि सारेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.