वीर अस्पतालका स्वास्थ्यकर्मी ३१ दिन देखि आन्दोलित, के गर्दैछ सरकार ?

वीर अस्पतालका स्वास्थ्यकर्मी ३१ दिन देखि आन्दोलित, के गर्दैछ सरकार ?

३ मंसिर, काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पछि जारी रहेको छ । कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् ।

कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकार गरेको उनीहरुको आरोप छ ।

आफुहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१ औं दिनमापनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए ।

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् । वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरुले पाउनुपर्ने तलब भत्ता पदाधिकारीहरुले खाइरहेको आरोप लगाइन् ।


चिकित्सकहरुले विरामीहरुको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडी बढाएको छ । आफ्ना माग पूरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.