सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

४ मंसिर, सुनसरी । सुनसरीको बराहक्षेत्र-७ बोराबाधबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ वर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।

हिजो साँझ ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरुको चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.