६ मंसिर, दाङ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताएका छन् ।
उनले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए ।
पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा रहेको समेत बताए ।
आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै यति बेला सबै पार्टी एकताको पक्षमा हुनुपर्ने बताएका छन् ।