‘कमलराज रेग्मी वर्ष पुरस्कार’ जिसीलाई

‘कमलराज रेग्मी वर्ष पुरस्कार’ जिसीलाई

रामपुर, पाल्पा ६ जेठ ः साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले पाल्पाली साहित्यकार, समाजसेवी एवं राजनीतिज्ञ झपेन्द्र जिसीलाई ‘कमलराज रेग्मी वर्ष पुरस्कार’ २०७४ दिएको छ ।

जिसीलाई योगदानको मूल्यांकन गर्दै आज रु २५ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

प्रतिष्ठानले जिल्लाका दश सामुदायिक विद्यालयका गरीब तथा जेहन्दार दश विद्यार्थीलाई रु तीन हजारका दरले विमला कमल चारवर्षीय शैक्षिक छात्रवृत्ति पनि वितरण गरेको छ । प्रतिष्ठानले सम्मानित विद्यार्थीलाई कक्षा ९ देखि १२ कक्षासम्म निःशुल्क पढाउने छ ।

प्रतिष्ठानका संस्थापक संरक्षक डा प्रकाशराज रेगमीले साहित्य क्षेत्रको विकास गर्न साहित्यकारको सम्मान हुनुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति बुद्धिप्रसाद शर्माले स्व रेग्मी बहुआयमिक व्यक्तित्व भएको बताए।

प्रतिष्ठानका आजीवन सदस्य भोजराज भट्टराईले दश विषयलाई आधार मानेर एक जनालाई छनोट गरिएको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, नगर प्रमुख अशोककुमार शाही, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्न प्रतिष्ठानसँग आग्रह गरे ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.