कसैले भनेकै भरमा प्रधानमन्त्री ओलीले राजीनामा दिनु हुँदैन : अध्यक्ष बिजुक्छे

कसैले भनेकै भरमा प्रधानमन्त्री ओलीले राजीनामा दिनु हुँदैन : अध्यक्ष बिजुक्छे

८ मंसिर, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भनेकै भरमा राजीनामा दिन नहुने बताएका छन् ।

भक्तपुरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले देशको मुख्य व्यक्ति भएपछि प्रधानमन्त्री ओली अडानमा बस्न सक्नुपर्नेमा जोड दिए । उनले कसैले भनेकै भरमा प्रधानमन्त्रीले राजीनामा दिए सिद्धान्त गलत हुने धारणा व्यक्त गरे ।

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने या नदिने त्यो उहाँको निजात्मक या दलको आन्तरिक कुरा भएको उनको भनाई थियो ।

सत्तारुढ दल नेकपाभित्र पनि सरकार या प्रधानमन्त्रीको मात्र खेदो खन्ने काम गर्नुभन्दा पनि पार्टीले आफ्ना नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूमा निःस्वार्थ र इमानदारीपूर्वक जनताको सेवा गर्न उत्साहित गर्न सक्नुपर्नेमा जोड दिए ।

नेकपाको विवाद आन्तरिक भएको बताउँदै अध्यक्ष बिजुक्छेले यसको समाधान पार्टीभित्रबाट र संसद्को प्रक्रियाबाट समाधान निकाल्नुपर्ने बताए।

बिजुक्छेले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद गर्नुभन्दा सक्ने भए अविश्वासको प्रस्ताव ल्याएर प्रम ओलीलाई हटाउन सक्नु पर्ने बताए।

उनले कोरोनाको कहरमा पार्टीभित्र झगडा गरी बस्नुभन्दा यस बेलाको महत्त्वपूर्ण कुरा देश जोगिन्छ कि जोगिँदैन भन्ने तर्फ लाग्न नेकपाका नेताहरूलाई आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.