नेपालमा कोरोनाको क्षति कम ! संक्रमणमुक्त धेरै

नेपालमा कोरोनाको क्षति कम ! संक्रमणमुक्त धेरै

८ मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन थपिएपनि संक्रमणमुक्त हुनेदर भने उत्साहजनक देखिएको छ ।

केही दिन यता संक्रमणमुक्त हुनेहरुको सख्या बढिरहेको छ । संक्रमितमध्ये करिब ९१ प्रतिशत मानिस संक्रमणमुक्त भएका छन् जुन विश्वभरको निको हुने दरसँग तुलना गरि हेर्दा धेरै हो । विश्वभरको संक्रमणमुक्त हुनेको दर अहिले ६९.२ प्रतिशत छ।नेपालमा आजसम्ममा कोरोना भाइरसका २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि हुँदा २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भइसकेका छन् । यो भनेको कुल संक्रमित संख्याको ९०.९ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसारनेपालमा मृत्यु हुनेको दर पनि एकदमै न्युन छ । आज सोमबार सम्ममा १३ सय ३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ जुन कुल संख्याको ०.६ प्रतिशत हो जबकी विश्वको मृत्युदर २.४ छ । नेपालमा अहिले १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोनाबाट महिलाको तुलनामा पुरुष झण्डै दोब्बर बढि संक्रमित भएका छन् । कुल संक्रमित मध्ये महिलाको संख्या ३४ प्रतिशत छ भने पुरुषको संख्या ६६ प्रतिशत रहेको छ । विश्वमा भने झन्डै ६ करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ करोड ८ लाख बढि निको हुँदा करिब १४ लाख संक्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालमा परीक्षण दर भने घटेको छ। जसका कारण नयाँ संक्रमितको सख्या पनि स्वत घटिरहेको छ। यसरी हेर्दा नेपालमा सक्रिय संक्रमितको सख्यापनि घटेर १८ हजारमा आएको छ। यो निकै सुखद पक्ष हो । तर पीसीआर घटाएर घटेको सक्रिय संक्रमितको सख्याले खास महत्व नराख्ने भन्दै स्वास्थ्यविद्हरुले चिन्ता ब्यक्त गरेका छन । मन्त्रालयले दैनिक परीक्षण क्षमता २६ हजार रहेको दाबी गर्दै आएपनि पछिल्ला दिनमा १० हजारको हाराहारीमा मात्र स्वाब परिक्षण गर्ने गरिएको छ । यसरी विश्वभरको तथ्यांकसँग तुलना गर्दा नेपालमा कोरोना संक्रमणमुक्त हुने दर बढि छ । विश्वमा धमाधम कोरोनाविरुद्धका खोपहरु बनेका सफलताले मख्ख परेर स्वास्थ्य सावधानी नअपनाउने हो भने कोरोना संक्रमित र मृत्युदर स्वत बढ्न जान्छ । यसैले पर्याप्त स्वास्थ्य सावधानी अपनाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरौं ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.