NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने आइतवार साउन १८ , २०८२
हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य आइतवार साउन १८ , २०८२
नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ आइतवार साउन १८ , २०८२
रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन् आइतवार साउन १८ , २०८२
एसियन कुराशमा प्रशान्तलाई पदक, बक्सिङमा अप्रिलको जित आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

खोटाङ जिल्लाका छ स्थानीय तहमा विद्यालय खुल्यो, चारमा अझै अन्योल

मङ्लबार मंसिर ९ , २०७७
Reading Time: 1 min read
A A
खोटाङ जिल्लाका छ स्थानीय तहमा विद्यालय खुल्यो, चारमा अझै अन्योल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ मंसिर, खोटाङ ।
खोटाङ जिल्लाका दशमध्ये छ स्थानीय तहले बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् ।

कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको हो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने तयारीमा जुटेका छन् । लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीमा कोरोना सङ्क्रमणको जोखिम भने बढेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सोमबारदेखि विद्यालय खुलाएको छ ।

विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मलगन चलाउने सीप, स्यानिटाइजर प्रयोगलगायतका बारेमा विद्यालयले तोकेका फोकल पर्सन ९शिक्षक०लाई राखेर तालिम दिएर विद्यालय सञ्चालनमा ल्याएको हो ।

पन्ध्र वडा रहेको नगरपालिकामा ९४ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् । नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन नगर्ने, भौतिक दूरी कायम गरेर बस्ने भन्दै प्रत्येक विद्यालयलाई थर्मलगन उपलब्ध गराएको छ ।

यस्तै विद्यार्थीलाई ज्वरो आएमा निको नभएसम्म विद्यालय नआउने व्यवस्थाका लागि फोकल पर्सन तोक्ने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउने, पाठ्यपुस्तक, कापीकलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका २९ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिइएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

उता हलेसी तुवाचुङ नगरपालिकाले भने अहिलेसम्म अवरुद्ध विद्यालय पुनःसञ्चालन गराउने मिति तय गरेको छैन तर पठनपाठनलाई नियमित गराउन अन्तरिक तयारी गरिरहेको जनाएको छ ।

पठनपाठनलाई सुरक्षित तरिकाले सञ्चालन गराउन भौतिक तथा शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाई निर्देशन दिइएको नगरप्रमुख इवन राईले बताएका छन् । हलेसी तुवाचुङमा ८८ सामुदायिक र चार निजी विद्यालय सञ्चालनमा छन् ।

जिल्लाको रावाबेँसी गाउँपालिकाले कक्षामा न्यून सङ्ख्यामा विद्यार्थी राखेर यही मङ्सिर ३ गतेदेखि नै पठनपाठन सञ्चालन गराएको छ ।

पठनपाठनलाई थप प्रभावकारी बनाउन सोमबार शिक्षा समितिको बैठक बोलाएको थियो । रावाबेँसीमा २८ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

बयालीस सामुदायिक र एक निजी विद्यालय रहेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐंसेलुखर्क गाउँपालिकाले आइतबारदेखि विद्यालय खुलाएर नियमित पठनपाठन शुरु गरेको छ ।

विद्यार्थी सङ्ख्या सबैभन्दा बढी भएको उक्त गाउँपालिकामा कक्षा र विद्यार्थीको रोल नम्बरलाई नै जोरबिजोर प्रणाली अपनाएर पठनपाठन गराइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिए ।

केपिलासगढी गाउँपालिकाले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गराएको छ । यही मङ्सिर ५ गते बसेको गाउँ शिक्षा समितिको निर्णयानुसार सबै विद्यालय खुलाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

सो गाउँपालिकामा ३७ सामुदायिक र दुई निजी विद्यालय छन् । भदौ ३ गतेसम्म गाउँटोलमै सिकाइ सहजीकरण गरेको दिप्रसङ चुइचुम्मा गाउँपालिकाले पुनः असोज ११ देखि निरन्तर पढाइ सञ्चालन गरिरहेको छ ।

हाल गाउँपालिकाभरका विद्यालयमा भौतिक दूरी कायम गरेर पठनपाठन भइरहेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । उक्त गाउँपालिकामा ४८ सामुदायिक र दुई निजी विद्यालय छन् ।

जन्तेढुङ्गा गाउँपालिकाले सोमबारदेखि नै विद्यालय सञ्चालन गराएको छ । विद्यार्थीको चापका आधारमा सिफ्ट बनाएर भौतिक दूरी कायम गर्दै मास्क अनिवार्य लगाउने व्यवस्था मिलाएर पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए ।

जन्तेढुङ्गामा ३६ सामुदायिक र एक निजी विद्यालय छन् । खोटेहाङ गाउँपालिकामा विद्यालय सञ्चालन गराउने विषयमा बैठक बोलाइएको छ ।

अवरुद्ध विद्यालयको पठनपाठन गर्ने या नगर्ने निर्णय कार्यपालिका बैठकबाट फुकाइने गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । खोटेहाङमा ४९ सामुदायिक र दुई निजी विद्यालय सञ्चालनमा छन् ।

यस्तै साकेला गाउँपालिकाले पनि पठनपाठन सञ्चालन गराउने तयारी गरिरहेको जनाइएको छ । वैकल्पिक सिकाइ सहजीकरणका लागि विद्यालयलाई कार्ययोजना पेश गर्न भनिएको तथा सोही कार्ययोजनाका आधारमा कक्षा चलाउने गरी तयारी भइरहेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा अपनाउँदै बिहान १० देखि दिउँसो १ बजेसम्म नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । साकेलामा २८ सामुदायिक र एक निजी विद्यालय सञ्चालनमा छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाले ११ मङ्सिरदेखि विद्यालयमा नियमित पठनपाठन गराउने तयारी गरेको छ । कक्षा सञ्चालनका क्रममा भौतिक दूरी कायम गरिने गाउँपालिकाले जनाएको छ ।

बराहपोखरीमा ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।  लामो समयदेखि बन्द रहेको विद्यालयलाई पुनः नियमित पठनपाठन सञ्चालन गर्न स्थानीय तहले निर्देशन दिए पनि विद्यार्थी सङ्ख्या भने कम मात्र सहभागी हुने गरेको शिक्षकहरुले बताएका छन् ।

जिल्लाका कतिपय विद्यालयमा अध्ययनरत विद्यार्थी घर गएकाले पनि आउन बाँकी रहेको उनीहरुको भनाइ छ ।(रासस)

लोकप्रीय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

विचार

थप समाचार

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने
अन्तर्राष्ट्रिय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 
ताजा समाचार

रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन्
अन्तर्राष्ट्रिय

रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन्

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.