नेपाल भ्रमणमा आउँदै चिनियाँ रक्षामन्त्री, साढे २ अर्ब बराबरको सैन्य सहयोग अलपत्र

नेपाल भ्रमणमा आउँदै चिनियाँ रक्षामन्त्री, साढे २ अर्ब बराबरको सैन्य सहयोग अलपत्र

काठमाडौं : चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई उपलब्ध गराउने भनिएको २ अर्ब ५३ करोड बराबरको सैन्य सामग्री नेपालले अहिलेसम्म प्राप्त गर्न सकेको छैन ।

चिनियाँ जनमुक्ति सेनाका कमान्डर तथा रक्षामन्त्री वेई फेङ्हे र नेपालका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलबीच गत वर्षको कात्तिक ३ गते उक्त सम्झौता भए पनि नेपालले अहिलेसम्म सो सहायता साम्रगी प्राप्त गर्न सकेको छैन ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिँदै आएको सैन्य सहयोगमा ५० प्रतिशत वृद्धि गरेको घोषणा गरे पनि उक्त साम्रगीका बारेमा चीनले अहिलेसम्म नेपाललाई उपलब्ध गराउने विषयमा कुनै जानकारी नदिएको रक्षा मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

नेपाल भ्रमणमा आउन लाग्नुभएका चीनका रक्षामन्त्री वेई र उपप्रधानमन्त्री पोखरेलबीच भएको सम्झौता कार्यान्वयनमा नआएपछि रक्षा अधिकारीहरुले शंका व्यक्त गरेका छन् ।

चीन सरकारले नेपाललाई गैरघातक सैन्य सामग्रीहरु बख्तर बन्द गाडी, विपत् व्यवस्थापनमा प्रयोग हुने सामग्री, सवारीसाधनलगायतका रहेका थिए । पहिलोपटक नेपाल आउन लाग्नुभएका वेईले उक्त सहयोगका बारेमा केही बोल्ने अपेक्षा नेपाली रक्षा अधिकारीहरुले गरेका छन् ।

कात्तिक १ गतेदेखि ६ गतेसम्म चीन भ्रमण गर्नुभएका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री पोखरेलले चिनियाँ रक्षामन्त्री वेईलाई सैन्य सहयोगमा हस्ताक्षर गरेकै दिन अर्थात् कात्तिक ३ गते नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनुभएको थियो । उपप्रधानमन्त्री पोखरेलको निमन्त्रणामा नै वेई नेपाल आउन लागेको रक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

बेइजिङ जियान्सेन फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन चीन पुग्नुभएका उपप्रधामन्त्री पोखरेलसँग भएको सम्झौता अहिलेसम्म पनि कार्यान्वयनमा ल्याउन चीनले आनकानी गर्नुले चीन सरकारको उद्देश्यमाथि प्रश्न गर्ने थुप्रै ठाउँ भएको पनि रक्षा अधिकारीले बताएका छन् ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.