१० मंसिर, विराटनगर ।
मोरङ प्रहरीले अवैध रुपमा भन्सार छलि चोरी निकासी गरी भारततर्फ लग्दै गरेको डिजेलसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले बुधबार बिहान करिब ८ बजेको समयमा विराटनगर–११ स्थित केशलिया नहर छेउबाट ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा लाँदै गरेको ४ सय ३० लिटर डिजेलसहित ३ जनालाई पक्राउ गरेको हो ।
प्लाष्टिकको गिलेनमा रहेको उक्त परिमाणको डिजेलसहित प्रहरीले सुनसरी हरिनगरा गाउँपालिका – ६ बस्ने वर्ष २५ का शत्रुधन साह, वर्ष ३० को नजाम खान र ५० वर्षका अकवाल मियाँलाई नियन्त्रणमा लिएका हो ।
नियन्त्रणमा लिएकाहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।