नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपति भण्डारीको आग्रह

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपति भण्डारीको आग्रह

१२ मंसिर, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई बिहीबार साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।

राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका छन्।

दुई दिने भ्रमणका लागि आएका भारतीय विदेशसचिव शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम रहेको छ। उनी आजै स्वदेश फर्किने छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.