NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने

शुक्रबार मंसिर १२ , २०७७
Reading Time: 1 min read
A A
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ मंसिर, काठमाडौँ ।

मङ्सिर १२ गते। सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने भएका छन् । योगदानकर्ताको वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममध्येबाट गतवर्ष उक्त प्रतिफल दिन सकिने प्रारम्भिक प्रतिवेदनले देखाएको कोषले जनाएको छ ।

गत आवको अन्तिम लेखापरीक्षण गर्न बाँकी रहेको भए पनि प्रारम्भिक प्रतिवेदनले योगदानकर्तालाई प्रतिफल दिन सकिने देखिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । योगदानकर्ताले कूल योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकमबाट प्रतिफल पाउनेछन् । “वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८।३३ प्रतिशत रकममा योगदानकर्तालाई प्रतिफल दिइने हो”, उनले भने, “कोषमा नियमित योगदान गरिरहेका वा योगदान गरेका योगदानकर्ताले प्रतिफल पाउनेछन् ।”

LS Auto

कोषमा सूचीकृत भएका रोजगारदाताले २० र श्रमिकका तर्फबाट ११ गरी ३१ प्रतिशत मासिकरुपमा जम्मा गर्नुपर्छ । ३१ प्रतिशतमध्येबाट २८।३३ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्न छुट्याइएको हुन्छ । एक प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १।४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र ०।२७ प्रतिशत रकम आश्रित परिवार सुरक्षा योजनाका लागि छुट्याइँदै आइएको छ ।

सुरक्षित लगानीमार्फत दिगो प्रतिफल दिने नीतिअनुरुप रहेर निर्माण गरेको लगानी कार्यविधि गत बुधबारको मन्त्रिपरिषद्बाट स्वीकृत भएको कोषले जनाएको छ । कार्यविधिअनुरुप तोकिएका क्षेत्रमा सीमाभित्र रहेर लगानी गर्दा कोषले दायित्व बहन गर्न आर्जन गर्नुपर्ने न्यूनतम प्रतिफल प्राप्त हुने तथा योगदानकर्तालाई समेत आकर्षक प्रतिफल दिन सकिने कार्यकारी निर्देशक ज्ञवालीले बताए।

रोजगारदाताले योगदान रकम जम्मा गरेको विवरण स्वचालित प्रणालीमार्फत सम्बन्धित रोजगारदाता र कोषलाई जानकारी प्रवाह हुने प्रणाली कार्यान्वयनमा आइसकेको उनले जानकारी दिए । “सम्बन्धित रोजगारदाता र योगदानकर्ताले कोषमा जम्मा भएको योगदान रकमको वैयक्तिक विवरण आफूले चाहेको जुनसुकै समयमा हेर्न पाउने व्यवस्था छ”, कार्यकारी निर्देशक ज्ञवालीले भने। योगदानकर्ताले सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधाको दाबी तथा भुक्तानी सम्बन्धमा अनलाइन प्रणाली तयार भई परीक्षणको क्रममा रहेको उनको भनाइ छ ।

बिहीबारसम्म कोषमा १२ हजार ९८१ रोजगारदाता र एक लाख ७९ हजार ९१० योगदानकर्ता सूचीकृत भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख ३४ हजार ७१२, प्रदेश १ बाट १८ हजार १२९, प्रदेश २ बाट १३ हजार ३२५, गण्डकीबाट छ हजार ८९६, लुम्बिनीबाट पाँच हजार ७४३, सुदूरपश्चिमबाट ६५८ र कर्णाली प्रदेशबाट ४४७ श्रमिक कोषमा सूचीकृत भएका छन् ।

सूचीकृतमध्ये आधाभन्दा कमले मात्र कोषमा नियमित योगदान जम्मा गर्दै आएका छन् । कोषमा ७२ हजारले मात्र नियमित योगदान दाखिला गराउँदै आएको कोषले जनाएको छ । श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । कोषले २०७६ साउनदेखि योगदान सङ्कलन गर्न थालेको हो ।

बिहीबारसम्म कोषमा रु तीन अर्ब ११ करोड ७८ लाख योगदान रकम सङ्कलन भएको छ । यसअवधिमा कोषले रु एक करोड ७३ लाखभन्दा बढी दाबी भुक्तानी गरेको छ । कोषले चार प्रकारका सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ६५२ वटा दाबीबापत रु एक करोड १३ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ४७ वटा दाबीबापत रु १० लाख ५८ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २८ वटा दाबीअन्तर्गत रु १३ लाख ७९ हजार र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ३८ वटा दाबीवापत रु ३५ लाख ६२ हजार दाबी भुक्तानी गरिएको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।

स्वास्थ्योपचार तथा मातृत्व योजना र दुर्घटना योजनालाई स्वास्थ्य संस्थामार्फत सोझै सञ्चालन गर्ने प्रयोजनार्थ कोषले देशभरिका ६५ भन्दा बढी स्वास्थ्य संस्थासँग सेवा प्रवाह सम्झौता गरेको छ । योगदानकर्तालाई पायक पर्ने अस्पतालसँग थप सम्झौता गर्दै यो आर्थिक वर्षको अन्त्यसम्ममा १५० स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरिने कोषले जनाएको छ ।– अशोक घिमिरे/रासस

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.