ओली र दाहालको बोलचालै बन्द !

ओली र दाहालको बोलचालै बन्द !

१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै गत कात्तिक २८ गतेको सचिवालय वैठकमा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेपछि अध्यक्षद्वयबीच संवाद हुन सकेन ।

सचिवालयको मंसिर ३ गतेको वैठकमा सहभागि हुँदै अध्यक्ष ओलीले आफुमाथि लगाइएको आरोपको प्रत्युत्तर आफुले पनि दिने भन्दै माग गरेको १० दिनको समय आज सकिँदैछ । सोही दाबी अनुसार, नेकपा सचिवालयको भोली बस्ने वैठकमा अध्यक्ष ओलीले उक्त काउन्टर प्र्रस्ताव पेश गर्नेछन् । विवाद बढेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक भेटवार्ता हुने गरेको थियो । तर, लिखित रुपमै आरोप प्रत्यारोपपछि भने प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको भेट हुन नसकेको हो । यो १० दिनको समयमा नेकपाका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच संवाद कायम गराउने प्रयास गरेपनि सफल हुन सकेनन् । मंसिर ३ को वैठकमा अध्यक्ष ओलीले आरोप प्रमाणीत गरे आफु प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा बस्न नमिल्ने र आरोप प्रमाणित नगरे अध्यक्ष दाहाल पदमा बस्न नमिल्ने भनि घुमाउरो तवरले चेतावनी दिइसकेको अवस्थामा यतिका लामो समय उत्कर्षमा पुगेको विवाद समाधानका लागि दुवै अध्यक्षबीच संवाद नभइ वैठक बस्दा भोलीको वैठक झनै पेचिलो हुने आँकलन गर्न सकिन्छ । अब भोली अध्यक्ष ओलीको जवाफी पत्र आएपछि नेकपा भित्रको विवादले अर्को बाटो तय गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.