भारतीय प्रतिनिधिले भेटेनन् प्रचण्डलाई

भारतीय प्रतिनिधिले भेटेनन् प्रचण्डलाई

१२ मंसिर, काठमाडौं । नेपालमा सत्तारुढ दलको आन्तरिक किचलो, किचलो समाधानमा विदेशी दुतहरुको सक्रियता, अझ भनौँ भारतबाट लगातार भइरहेको नेपाल भ्रमण, नेपालमा अहिले चर्चा यिनै विषयको छ ।

अझ पछिल्लो समय भारतीय प्रतिनिधिहरु नेपाल आउनेक्रम बाक्लिएको छ । विदेश प्रतिनिधिहरुले सत्तारुढ दलका प्रमुखलाई भेट्ने गरेपनि त्यसको क्रमभंग भएको छ । सत्तारुढ दल एक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै प्रतिनिधिले भेट्ने गरेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने भारतिय प्रतिनिधिले भेटेनन् । ‘रअ’ का प्रमुख सामन्त गोयल आएर अध्यक्ष ओलीलाई मात्र भेटेर गए । भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला नेपाल आएर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेटघाट गरे तर यो पटक पनि सत्तारुढ दलका अध्यक्ष प्रचण्डलाई भने श्रृंगलाले भेटेनन् । यसरी अधिकांश ठूला राजनीतिक दलका प्रमुखलाई भेटेर पनि सत्तारुढ दलका अध्यक्ष सँग भेटघाट नहुनुले राजनीतिको ध्रुविकरण भइरहेको त छैन भन्ने जिज्ञासा उठेको छ ? केहिदिनमै नेपाल भ्रमणमा आउन लागेका चीनका रक्षा मन्त्री वेइ फेंग्हेले भने अध्यक्ष दाहाललाई भेट्ने कार्यतालिका छ । तर प्रचण्ड र भारतको सम्बन्धमा दरार आएको हो कि भन्ने आशंका उब्जिएको छ । नेकपा भित्रको घरझगडा चलिरहेको समयमा एउटा विमानको दुई पाइलट बताउने पार्टीका एक अध्यक्षलाई भेट्ने तर अर्का अध्यक्षलाई उपेक्षा गर्ने भारतको यो कदमले के संकेत गर्छ ?

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.