पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढ्योःकृषि मन्त्री

पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढ्योःकृषि मन्त्री

१३ मंसिर, काठमाडौं ।
कृषि मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका छन्।

भरतपुरमा अगुवा कार्यकर्ताहरूलाई शनिबार बिहान सम्बोधन गर्दै भुसालले पार्टीले पाएको ऐतिहासिक अवसर गुम्ने खतरा रहेको बताए।

दुई पार्टी एकीकरण भएर देशकै ठूलो पार्टी बन्दा पनि जनअपेक्षा अनुसारको काम हुन नसकेको उनले बताए। ‘हामीले आज प्राप्त गरेको हैसियत सधैं पाइँदैन।

पाएको ऐतिहासिक अवसर गुम्दैछ,’ उनले भने, ‘हिजोका सरकारको तुलनामा धेरै काम भए पनि हुनुपर्ने जति काम भएन।’ नेतृत्वले पार्टीलाई कस्तो रुपमा अघि बढाउने भन्ने कुरा स्पष्ट बुझेपछि मात्रै समस्या समाधान हुने उनको भनाइ थियो।

‘पार्टी एकजुट भएर अघि बढ्यो भने अझै पनि धेरै सम्भावना छ,’ उनले भने, ‘आगामी दुई वर्षको बजेटले देशमा ठूलो परिवर्तन गर्न सकिन्छ।’

उनले पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढेको टिप्पणी गरेका छन्। पार्टीको भाविष्यमा भन्दा आफ्ने साथीहरुको खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको उनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.