चीनका रक्षामन्त्री आज नेपाल आउँदै

चीनका रक्षामन्त्री आज नेपाल आउँदै

१४ मंसिर, काठमाडाैँ ।

उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउने भएका छन् । परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनीसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएकाे छ ।

उनी आइतबार साँझ नै  नेपालबाट बंगलादेश जाने बताइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।

२०७६ कात्तिक १ देखि ६ गतेसम्म चीनको भ्रमण गरेका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले उनलाई कात्तिक ३ गते नेपाल भ्रमणको निम्तो दिएका थिए। उनले निमन्त्रणालाई स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.