१४ मंसिर, झापा । झापाको भद्रपुर-४ नरसिंह बगान स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार गलगलिया-४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन् ।
बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।