चीनका रक्षामन्त्री फेङ्हेलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’

चीनका रक्षामन्त्री फेङ्हेलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’

१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गरेका छन् ।

सेनाको मुख्यालय जंगी अड्डा पुगेर चीनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका हुन् । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चीनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाण्डौ आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.