कञ्चनपुरमा लोकसेवाले लिएको नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुरमा लोकसेवाले लिएको नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

१५ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोकसेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा लिइसकेको छ।

गत शुक्रबार नेपाली सेनाको सैन्य दर्जाका लागि लिखित परीक्षा भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.