१५ मंसिर, सुनसरी । मंसिर १० गतेदेखि हराइरहेका सुनसरीको दुहवीका एक किशोर मृत फेला परेका छन् । दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
यही मंसिर १० गते देखि हराईरहेका किशोरको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका-२ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला परेको हो ।
किशोर हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ खोजतलास तथा घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिए संगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो ।
किशोरको शव फेला परे संगै थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरीको शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरी कार्यालयले जनाएको छ ।