टिकटकमा प्रधानमन्त्री ओली, कस्ता आउलान् भिडियो ?

टिकटकमा प्रधानमन्त्री ओली, कस्ता आउलान् भिडियो ?

१५ मंसिर, विराटनगर । अहिले भिडियो सेयरिङ एप टिकटक विश्वभर लोकप्रिय बनेको छ । बढ्दो लोकप्रियताकै कारण चीनको स्वामित्वमा रहेको टिकटकलाई दुई देशीय तिक्तताको कारण देखाउदै भारत र अमेरिकाले यसलार्य आफनो निशानामा पारेका छन् ।

नेपालमा आम नागरिकदेखि चर्चित कलाकारहरुले यसको अकाउण्ट बनाएर भिडियो सेयर गर्ने गर्छन । यहि एपका माध्यमबाट नाम र दाम दुबै मनग्गे कमाउन सफल व्यक्तिहरु पनि मनग्गे नै छन् ।

टिकटकले नै सयौको भाग्य नै बदलिदिएको छ । विशेषगरि युवापुस्ताको आकर्षण यसमा छ । यही लोकप्रियताकै कारण होला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब टिकटक अकाउण्ट खोलेका छन् । उनको टिकटक एकाउन्ट भेरिफाइड समेत भएको छ । प्रधानमन्त्री ओलीको अकाउण्टमा अहिले भने एउटा मात्र भिडियो अपलोड गरिएको छ ।

https://www.tiktok.com/@kpsharmaoli_official/video/6900199854916603137

भिडियोमा १२ हजार बढिले लाइक र करिब ३ सय जनाले कमेन्ट गरिसकेका छन् । प्रधानमन्त्री ओलीलाई २५ सय ३० जनाले फलो समेत गरिसकेका छन् ।

प्रधानमन्त्रीका नाममा उनको सचिवालयले किन खोल्यो टिकटक ? अनि यसमा अब कस्ता भिडियोहरु अपलोड हुन्छन् । यसले कस्तो लोकप्रियता पाउलान् ? त्यो भने टिकटक प्रयोगकर्ताहरुका लागि प्रतिक्षाको विषय बनेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.