अर्थमन्त्रीको बर्थ डे केक काटेर शुरु भयो नेकपा सचिवालयको बैठक

अर्थमन्त्रीको बर्थ डे केक काटेर शुरु भयो नेकपा सचिवालयको बैठक

१६ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा बसेको बैठकमा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलेको जन्मदिन मनाइएको छ।

आजको बैठकको सुरुवात पौडेलको जन्मदिन मनाएर सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पौडेलाई दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएर बधाइ दिएका थिए।

पौडेलको ६२ औं जन्मदिनका अवसरमा उपाध्यक्ष वामदेव गौतमले १ सय बर्ष बाँच्न शुभकामना दिएका छन्। उपाध्यक्ष कमरेड वामदेवले सय वर्ष बाच्नुस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिनुभयो, थापाले भने।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको जवाफ दिएसँगै १३ गते बैठक स्थगित भएको थियो। मंसिर ३ मा प्रचण्डले ओलीको राजीनामा माग्दै प्रस्ताव बैठकमा प्रस्तुत गरेपछि ओलीले आफूमाथि लागेका आरोपको जवाफ दिएका थिए।

मंगलवारको सचिवालय बैठक पार्टी कार्यालयमा तोकिएको भए पनि ओलीले जान अस्वीकार गरेपछि बैठक बालुवाटारमै बोलाइएको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.