मालपोतका कर्मचारी र लेखापढी व्यवसायीद्वारा समाचार संकलनमा गएका पत्रकारमाथि कुटपिट

मालपोतका कर्मचारी र लेखापढी व्यवसायीद्वारा समाचार संकलनमा गएका पत्रकारमाथि कुटपिट

१७ मंसिर, झापा ।

मालपोत कार्यालय दमकमा घुस लिँदै गरेको दृश्य संकलनका लागि पुगेका झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले निर्घात कुटपिट गरेका छन् ।

कार्यालयभित्रै सयौँको भिडकाबीच घिमिरेमाथि कुटपिट भएको हो । जग्गा रोक्का गर्न गएका एक सेवाग्राहीबाट मालपोत कर्मचारी इन्द्र राजवंशीले १० हजार घुस लिने क्रममा समाचार संकलन गर्न गएको वेला आफूमाथि कुटपिट भएको पिडित पत्रकारले बताएका छन् ।

मंगलबार दिउँसो ४ बजे आफूमाथि कुटपिट भएको पत्रकार घिमिरेले जानकारी दिए । ‘कार्यालय परिसरमा रहेको सिसी क्यामेरा बन्द गरेर कुटे,’ उनी भन्छन्, ‘लछारपछार गर्दै ममाथि आक्रमण भयो । बाहिरी चोट त छैन ।

तर, धेरैजनाले कुटेका कारण भित्रबाटै दुखिरहेको छ ।’ मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालको कार्यकक्षामा कुटपिट हुँदा पनि उनी मौन रहेको उनले बताए ।

पत्रकार घिमिरेले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् । उनले आफूमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.