१७ मंसिर, काठमाडौं । सुनको भाउ आज फेरि बढेको छ ।
आज सुन तोलामा फेरि पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमा अस्थिरताका कारण भाउ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० डलर पुगेको छ । सुनको भाउ हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।