संघीय संसदको विशेष अधिवेशन तत्काल बोलाइयोस्ः प्रकाशसरण महत

संघीय संसदको विशेष अधिवेशन तत्काल बोलाइयोस्ः प्रकाशसरण महत

१७ मंसिर, वीरगञ्ज ।

संघीय संसदको विशेष अधिवेशन तत्काल बोलाउन नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले माग गरेका छन् ।

प्रेस युनियन पर्सा शाखाले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको समस्या राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसदलाई बन्द गरिराख्न उचित नहुने भन्दै तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।

देशभित्र उठेका प्रश्नको जवाफ सरकारले संसदको विशेष अधिवेशनमा दिनुपर्ने उनको भनाइ थियो । ‘कोरोना संक्रमण रोकथाम र उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको छ ।

कोरोना संक्रमितको उपचारका लागि पैसा छैन भन्ने तर पार्टीका नेताको व्यवस्थापनका लागि सामान खरिदमा करोडौं संस्थागत भ्रष्टाचार गर्ने? यसले जनता मारमा परेका छन्,’ उनले भने, ‘मुलुकमा भएका भ्रष्टाचार र बेथितिको विरोध गरेकै कारण संसद नै बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएर राखिएको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.