पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै कांग्रेसको आपत्ति, दोषीलाई कारबाही गर्न माग

पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै कांग्रेसको आपत्ति, दोषीलाई कारबाही गर्न माग

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसको संसदीय दलको कार्यालयले आज विज्ञप्ति निकालेर पौडेलमाथि अभद्र व्यवहार गरी पक्राउ गरेको भन्दै भत्सर्ना गरेको छ । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँले निषेधाज्ञा जारी गरी कांग्रेसका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान विपरीत हुने गरी भएको यो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको संसदीय दलले माग गरेको छ । हिजो तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो ।

पक्राउ परेको ३ घण्टापछि प्रहरीले उहाँलाई छोडेको थियो । यस्तै, पौडेलले आज प्रहरीको कुटाइबाट आफूलाई थप पीडा बढेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले हिजोभन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.