नेपालमा गाँजा खेतीका लागि कानुनी बाटो खुल्यो

नेपालमा गाँजा खेतीका लागि कानुनी बाटो खुल्यो

१८ मंसिर, काठमाडौं । नेपालमा गाँजा खेतीका लागि कानुनी बाटो खुलेको छ। संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा सदस्यका रुपमा नेपालले पनि गाँजा खेती खुलाउने पक्षमा मतदान गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङका अनुसार नेपाल सरकारको निर्णयानुसार जेनेभामा रहेका राजदूत प्रकाशकुमार सुवेदीले गाँजा खेती खुलाउने पक्षमा मतदान गरेका हुन् । तामाङले गाँजा खेती खुलाउनुका लागि संसदमा विधेयक अघि बढाउन केही वर्षदेखि पहल गर्दै आएका छन्।

तामाङका अनुसार गाँजाबारे अन्तर्राष्ट्रिय रूपमै बहस भइरहेका बेला विश्‍व स्वास्थ्य संगठनले ३ वर्ष अगाडि नै संयुक्त राष्ट्रसंघलाई यसलाई लागुऔषधको सूचीबाट हटाई यसलाई औषधीय गुण भएको वनस्पतिको सूचीमा राख्‍न पत्र लेखेको थियो। उक्त प्रक्रियालाई संयुक्त राष्ट्रसंघले आफ्नो सदस्य राष्ट्रहरूको बीचमा छलफलमा पठाएको तामाङले बताए।

जेनेभामा नेपाललगायत २७ मुलुकले लागु पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गाँजा प्रतिबन्धलाई खुकुलो बनाउने प्रस्तावको पक्षमा मतदान गरेका तामाङले खुलाएका छन् ।

उनका अनुसार सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तर्राष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णायक बोर्डमा नेपालले पहिलो पटक मतदान अधिकार प्रयोग गर्दै औषधिजन्य गाँजाको पक्ष मा मत खसाएको हो।

अब गाँजालाई वैधानिकता दिने जिम्मेवारी नेपाल सरकारको काँधमा आएको पनि उनले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.