रियाका भाइले पाए जमानत

रियाका भाइले पाए जमानत

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा पक्राउ परेका शौविक चक्रवर्तीले जमानत पाएका छन । उनि अभिनेत्री रिया चक्रवर्तीका भाइ हुन् ।

५ सेप्टेम्बरमा भारतको नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले उनलाई पक्राउ गरेको थियो । शौविकलाई मादक पदार्थ निषेध कानुन अन्र्तगत काम गर्ने एनडीपीएस अदालतले पक्राउ परेको तीन महिनापछि जमानत दिएको हो । लागूपदार्थको कोण जोडिएपछि सुशान्तको मृत्यु प्रकरणमा सिबिआई तथा एनसिबी दुबैले जाँच गरिरहेका छन । सोहीबेला एनसिबीबाट रिया पनि पक्राउ परेपनि एक महिनापछि बम्बे हाइकोर्टले उनलाई जमानत दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.