सुनको भाउ यो साता प्रतितोला २९ सयले बढ्यो

सुनको भाउ यो साता प्रतितोला २९ सयले बढ्यो

१९ मंसिर, विराटनगर । यो साता सुनको भाउ प्रतितोला २ हजार ९ सयले बढेको छ ।
साताको पहिलो दिन आइतबार तोलाको ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज हप्ताको अन्तिम ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

आजको यो भाउ हिजोभन्दा तीन सय रुपैयाँले बढी हो । गएको आइतबार तोलामा ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ सोमबार ९० हजार रुपैयाँमा झरेको थियो ।

मंगलबार फेरि ५ सय रुपैयाँले बढेर भाउ ९० हजार ५ सय रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ५ सय रुपैयाँले नै बढेर ९१ हजार रुपैयाँ पुगेको थियो । हिजो बिहीबार एकैदिन १६ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय १० रुपैयाँमा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.