अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्थाबारे राष्ट्र बैंकले पुनर्विचार गर्ने

अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्थाबारे राष्ट्र बैंकले पुनर्विचार गर्ने

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक ग¥यो।

मौद्रिक नीतिको बुँदा नं. ६७ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत् ग्राहकबाट लिने सेवा शुल्कसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ।’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै खासगरी बैंकरहरुले उठाउँदै आएका एटीएम शुल्क तथा अन्य डिजिटल भुक्तानी सेवाको शुल्क तथा अन्य बैंकिङ सेवा शुल्कको बारेमा नेपाल राष्ट्र बैंकले पुनर्विचार गर्ने भएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले त्यस्ता भुक्तानी तथा सेवाहरुको शुल्कका बारेमा पुनरवलोकन गर्ने जानकारी दिए ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

उनका अनुसार अन्तर एटिएम कारोबारमा शुल्क लिन पाउनेबारे अहिले निर्णय भइसकेको छैन। अहिलेलाई भने पूरानै निर्देशन यथावत रहेको छ ।

एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए ।

यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.