प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक अकाउन्ट ह्याक

प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक अकाउन्ट ह्याक

१९ मंसिर, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक अकाउन्ट ह्याक भएको छ ।

शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो । मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगल र तालको तस्बिर राखिएको छ ।

’मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं,’ राउतका प्रेस संयोजक आतिश मिश्रले भने, ’ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.