२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।
सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा फेसबुकमा राखेर उनले लेखेका छन् को कस्तो ? तस्बिर काफी छ ! नेकपाका केन्द्रीय सदस्य समेत रहेका उनले फोटो राख्ने वित्तिकै भाइरल भएको छ । हुन त उक्त फोटो पहिले पनि भाइरल भएको थियो । सुशील कोइराला नेतृत्वको सरकारमा वामदेव उपप्रधानमन्त्री एवम् गृहमन्त्री हुँदा नयाँ पत्रिकामा रत्नपार्कमा डिभाइडर नाघ्दै गर्दा खिचेको उक्त फोटो प्रकाशित भएपछि वामदेवको शैलीबारे त्यतिबेला पनि चर्चा भएको थियो ।