२१ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।
ढिला गरि सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।