खैरो हिरोइनको कारोबारी पक्राउ

खैरो हिरोइनको कारोबारी पक्राउ

२१ मंसिर, धरान । ईलाका प्रहरी कार्यालय धरानले खैरो हेरोइनको कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने सुनसरीको इनरुवा नगरपालिका ३ का ५२ वर्षीय राजकुमार सिंह रहेका छन । उनी इनरुवा बसेपनि खास घर सप्तरीको पकरी २ रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ७७ ग्राम खैरो हेरोइन वरामद भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । हिजो शनिबार राती ७ बजे पक्राउ गरेपनि सिंहलाई प्रहरीले आज मात्र सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सिंह खैरो हेरोइन ओसारपसार तथा कारोबार संलग्न छन । उनलाई धरान १० स्थित धनकुटे मार्गको विरेन्द्र चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीबा १५ च ९०८८ नम्बरको स्कारपियोबाट धनकुटे मार्गमा बुद्ध चोकबाट भोटेपुलतर्फ गइरहेको बेला पक्राउ परेका हुन । गाडी रोकेर चेकजाँच गर्दा खैरो हेरोइन वरामद भएको डिएसपी बस्नेतले बताए । प्रहरीका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन (खोल)को पछाडितर्फ भित्री भागमा प्लाष्टिकको प्याकेजमा लुकाएर राखेको खैरो हेरोइन वरामद भएको थियो। उनलाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.