‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार

‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, ९ जेठ ः उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

सो पुरस्कारको राशि रु २५ हजारको छ । शर्मा पूर्वशिक्षामन्त्री समेत हुन् । गुठीका अध्यक्ष ठाकुर पराजुलीले समकालीन समय र सौन्दर्य चेतनामा उक्त कृतिले भूमिका निर्वाह गरेकाले पुरस्कार दिने निर्णय गरिएको जानकारी दिए ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.