२२ मंसिर, सल्यान ।
सल्यानको शारदा नगरपालिका–१ श्रीनगर निवासी ६० वर्षीया महिलालाई बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाइ कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधिश कुल प्रसाद पाण्डेको फैसला बमोजिम मंसिर २१ गते तीन जना महिलालाई कैद सजाय र जरिवाना भएको हो । शारदा नगरपालिका ०७७ भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँ निवासी २१ वर्षीया सरिता खड्का,२४ वर्षीया गिता खड्का र २३ वर्षीया जयन्ती रोकालाई ०७७ असोज १२ गते गिरप्mतार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।
जयन्ती र गिता छिमेकी रहेको र बिरामी परेको बेला स्थानीय सरितालाइ हात हेराउन जाँदा तिमीहरुलाइ पार्वती थापा बोक्सी लागेकी छ त्यसैले तिमीहरु बिरामी हुन्छौ,त्यहाँ गएर एकसरो लुगा छोड अनी सन्चो हुन्छ भनेपछि दुबैजनाले त्यसै गरेको अदालत सामु स्वीकार गरेका हुन् ।
पीडित महिलाले त्यो कुरा थाहा पाएपछि प्रहरीमा जाहेरी दिएकी हुन् । हाल जिल्ला अदालत सल्यानले मंसिर २१ गते जयन्ती खड्कालाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनायो भने अन्य दुईजना
सरिता खड्का र गिता खड्कालाई जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवानको फैसला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।