सर्वदलीय बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने

सर्वदलीय बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान ११ बजेका लागि बैठक डाकिएको जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ। बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ’, थापाले लेखेका छन्।

पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा प्रदर्शनहरू भइरहेका छन्।

योसँगै नेकपाको आन्तरिक विवाद पनि चुलिएका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेका हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.