बलात्कार मुद्दामा कारागारमा रहेका सिद्धबाबालाई सफाइ दिने अदालतको फैसला

बलात्कार मुद्दामा कारागारमा रहेका सिद्धबाबालाई सफाइ दिने अदालतको फैसला

२२ मंसिर, सुनसरी ।

अनुयायी बलात्कारकाे आराेपमा कारागारमा रहेका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी रिहा हुने भएका छन् । सुनसरी जिल्ला अदालतले कृष्णदासलाई रिहा गर्ने निर्णय गरेकाे हाे ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।  सिद्धबाबाले सफाइ पाउने ठहर भएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो ।

तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।

सिद्धबाबाविरुद्ध एक अनुयायीले आफूलाई बलात्कार गरेको भनी जाहेरी दिएकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.