मेलम्चीकाे बाँध निर्माण अन्तिम चरणमा, सुरुङ्ग निरीक्षण गर्न टोली आउँदै

मेलम्चीकाे बाँध निर्माण अन्तिम चरणमा, सुरुङ्ग निरीक्षण गर्न टोली आउँदै

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

बाँधमा राखिने गेटहरुको काम यही माघ महिनासम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ । उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले चाँडै सकिने बताउनुभयो । केही समय अगाडि नै अस्थायी बाँध बनिसकेको र अर्को स्थायी बाँध बनाउने काम भइरहेको उहाँले बताउनुभयो । बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो । आयोजनाको काममा हाल कोरोनाको कारण समस्या नरहेको समेत उहाँले बताउनुभयो । बाहिरबाट आउने कामदार निश्चित समय क्वारेनटाइनमा बस्ने गरी व्यवस्था गरेको प्रवक्ता पन्तले बताउनुभयो ।

सुरुङको निरीक्षण गर्न जर्मनीको टोली आउँदै

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोली अवको एक हप्ताभित्र आउने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँहरु आएसँगै सुरुङ निरीक्षण पछि प्राविधिक टोलीले प्रतिवेदन दिनुहुने प्रवक्ता पन्तले बताउनुभयो । उक्त प्रतिवेदनले ठीक छ भनेपछि पानी हालेर पुनः परीक्षण गरिने आयोजनाले बताएको छ ।

सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता पन्तले बताउनुभयो । ड्याम निर्माणको काम अन्तिम चरण पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.