सर्वदलीय बैठक बालुवाटारमा सुरू

सर्वदलीय बैठक बालुवाटारमा सुरू

२३ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ।

बालुवाटार स्रोतका अनुसार बैठकमा राजावादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने छ । राजावादीहरुले केही समय यता काठमाडौंसहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.