२३ मंसिर,एजेन्सी।
घरेलु टोली दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ ।
यसअघि कोरोनाका कारण दुई पटक रद्द भएको सिरिज नहुने भएको हो । दक्षिण अफ्रिका र इङ्ल्यान्ड दुबै देशका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द गरिएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।
इङ्ल्यान्डका दुई खेलाडी र दक्षिण अफ्रिकाका एक खेलाडीमा कोरोना देखिएको थियो । त्यस्तै होटलका दुई कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिरिज रद्द गर्नु परेको हो ।
दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको टि–ट्वान्टी सिरिज भने यसअघि नै सकिएको थियो ।