कृति सेननलाई कोरोना

कृति सेननलाई कोरोना

२३ मंसिर,एजेन्सी।
बलिउड अभिनेत्री कृति सेनन कोरोना संक्रमित भएकी छिन् ।

उनी चण्डीगढमा अभिनेता राज कुमार रावसँग आफ्नो नयाँ चलचित्रको छायांकनमा थिइन् । आइतबार मात्रै उनले सामाजिक सञ्जालमार्फत छायांकन सकाएर मुम्बई फर्किरहेको जानकारी दिएकी थिइन् ।

खबरका अनुसार कृतिले सोमबार मात्रै आफ्नो कोरोना रिर्पोट पोजेटिभ आएको खबर सार्वजनिक गरेकी हुन् । यद्यपि उनको हालको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।

कोरोना महामारीकैबीच लकडाउनको अन्त्यसँगै बलिउडमा चलचित्रको छायांकनले विस्तारै गति लिन थालेको छ । यो चहलपहलसँगै बलिउडकर्मीमा कोरोना संक्रमण पनि फैलिन थालेको हो ।

हालै चलचित्र ‘जुग जुग जियो’ का स्टारकास्टख अभिनेत्री नीतू कपूर, अभिनेता वरुण धवन र निर्देशक राज मेहतालाई कोरोना संक्रमण भएको खबर आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.