मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

२३ मंसिर,विराटनगर ।
मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए । बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको एसपी खड्काले बताए ।

प्रहरी र आफन्तले अपहरण गरेर लैजाने समूह विप्लव समूहका कार्यकर्ता रहेको दाबी गरेका छन् । प्रहरी टोली घटनास्थल गइरहेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.