ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता

ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता

२४ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार ११ बजे अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।

अध्यक्षद्वयबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको थापाले जानकारी दिए।

यद्यपी भेटबाट कुनै निष्कर्ष नआएको उनले बताए। नियमित संवाद जस्तो भए पनि केही समाधान ननिस्किएको थापाले जानकारी दिए।

अध्यक्ष ओली र प्रचण्डबीच २५ कात्तिकदेखिको संवादहीनताको अवस्था गत २० मंसिरमा अन्त्य भएको थियो । २१ मंसिरमा बसेको स्थायी समितिमा अध्यक्ष ओलीले पत्र पठाउँदै प्रतिवेदनमाथि छलफल गर्न औचित्यहीन रहेको बताएका थिए ।

स्थायी समितिमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिका लागि भन्दै बैठक २८ मंसिरसम्म सारिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.