समन्वय गर्न नसक्दा अपेक्षा अनुसार काम गर्न सकिनः विद्यासुन्दर शाक्य

समन्वय गर्न नसक्दा अपेक्षा अनुसार काम गर्न सकिनः विद्यासुन्दर शाक्य

२४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।

बुधबार काठमाडौंमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् ।

‘खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लागयतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलग अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ’ मेयर शाक्यले भने ।

तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।

काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए ।

रानीपोखरीको बिचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.