सुनको भाउ आज एकैदिन प्रतितोला ९ सयले घट्यो

सुनको भाउ आज एकैदिन प्रतितोला ९ सयले घट्यो

२५ मंसिर, काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ घटबढ भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.