ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गर्ने युवा पक्राउ

ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गर्ने युवा पक्राउ

२५ मंसिर, काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवा पक्राउ परेका छन् ।

महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

ती किशोरीको स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको छ भने पक्राउ परेका युवालाई हिरासतमा लिई अनुसन्धान थालिएको परिसरले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.