सरकारविरुद्धको प्रदर्शनमा कांग्रेसका केन्द्रीय सदस्यहरू परिचालन गरिने

सरकारविरुद्धको प्रदर्शनमा कांग्रेसका केन्द्रीय सदस्यहरू परिचालन गरिने

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठक सकिएको छ।

मंसिर २९ गते ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको थियो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्ला तोकेर केन्द्रीय सदस्यलाई नखटाए पनि जिल्लाहरूमा केन्द्रीय सदस्य जान सक्ने कुरा बैठकमा भएको जानकारी दिए।

भ्रष्टाचार बढेकोलगायत विषयमा सरकारविरूद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो।

गत मंसिर १७ गते दमौलीमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको र पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले प्रदर्शन गर्ने बताएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.