फिफा बरीयतामा नेपाल १ सय ७१ औँ स्थानमा यथावत

फिफा बरीयतामा नेपाल १ सय ७१ औँ स्थानमा यथावत

२५ मंसिर, विराटनगर । अन्तर्राष्ट्रिय फुटबलको नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम रहेको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको नयाँ बरीयतामा नेपाल एक सय ७१ औँ स्थानमै यथावत रहेको छ । एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको कारण नेपालको वरीयता तलमाथि भएको छैन । दक्षिण एसियालीमा नेपालभन्दा माथि भारत एक सय ४ औँ स्थानमा र माल्दिभ्स एक सय ५५ औँ स्थानमा छ । नेपालभन्दा तल रहेका बङ्गलादेश एक सय ८६, भुटान एक सय ८९, पाकिस्तान दुई सय र श्रीलङ्का दुई सय ६ औँ स्थानमा छन् । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्गल्याण्ड र पाँचौँ स्थानमा पोर्चुगल रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.