संक्रमण फैलिएपछि पुनः विद्यालय बन्द

संक्रमण फैलिएपछि पुनः विद्यालय बन्द

डडेलधुरा : कोरोना संक्रमण फैलिन थालेपछि डडेलधुराको अजयमेरु गाउँपालिकाका दुई विद्यालय बिहीबारदेखि पुनः बन्द भएका छन् । बुधबार गाउँपालिकाका देवल माध्यमिक विद्यालय र खोली प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरिएको हो ।

दुई साताअघि गाउँपालिकाका उपाध्यक्ष कलावती भाणसहित १२ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि पालिका केन्द्रमा रहेको माध्यमिक विद्यालय पनि बन्द गरिएको थियो । ‘शिक्षक, विद्यार्थी, स्थानीय स्वास्थ्यकर्मी र एकजना प्रहरी जवानसहित १६ जनामा कोरोना पुष्टि भएको छ,’ गाउँपालिका प्रमुख उमेश भट्टले भने, ‘सुरुमा दुईजना शिक्षकमा कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि संक्रमण फैलिँदै जान थालेपछि दुवै विद्यालय, वडा कार्यालय र अन्य कार्यालयहरू बन्द गरिएको हो ।’

गाउँपालिका अध्यक्ष भट्टका अनुसार संक्रमण पुष्टि भएका शिक्षक, कर्मचारी र विद्यार्थी सबैको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गर्न सुरु गरिएको छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.